Logo
Logo

समानुपातिकतर्फ कुन दलले कति सिट पाउँछन् ?



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।

यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ । कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउनेछ ।

कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ । राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । राप्रपाले समानुपातिकमा पनि ७ सिट पाउने छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ । जसपाले ५ सिट पाउनेछ । सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ । जनमत पार्टीले ५ सिट पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्