काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना दिएको छ । बारका पदाधिकारीसहित कानुन व्यवसायी सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् ।

नेपाल बार एसोसिएसनका महासचिव अञ्जिता खनालका अनुसार संसद् सचिवालयको पत्र असंवैधानिक रहेको कारण जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिन आन्दोलन गर्न लागिएको छ ।
आजै बारको आकस्मिक बैठक बसेर जबराविरुद्ध आन्दोलनका पुरानै कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको उनले जानकारी दिए ।
सर्वोच्च अदालतको गेटमै बसेर धर्ना दिने र प्रवेशमा अवरोध गर्ने तयारी रहेको खनालले बताइन् । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।














