Logo
Logo

‘चोलेन्द्रमाथिको महाअभियोग प्रस्ताव निष्प्रभावी हुन सक्दैन’


2.7k
Shares

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि क्लिन चिट दिइएपछि सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु जम्मा भएका छन् । उनीहरुले ‘षडयन्त्रपूर्वक क्लिन चिट’ दिइएको भन्दै राणालाई सर्वोच्च प्रवेश गर्न नदिने बताएका छन् ।

फाइल फोटो

राणाले आजै सर्वोच्च जाने बताएपछि नेपाल बार एशोसिएसनको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले राणालाई सर्वोच्चमा छिर्न नदिन गेटममा धर्ना दिएका छन् ।

यस्तै, महाभियोग सिफारिस समितिका पूर्वसभापति रामबहादुर विष्टले पनि महाभियोग निष्प्रभावी हुन नसक्ने बताएका छन् ।
संघीय संसद सचिवालयले बुधबार राणामाथिको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएपछि राणा सर्वोच्च छिर्ने तयारीमा छन् ।

विष्ट नेतृत्वको महाभियोग सिफारिस समितिले राणालाई महाभियोग लगाउनुपर्ने आधार सहितको प्रतिवेदन पूर्वसभामुख अग्नि सापकोटालाई पठाएको थियो ।

विष्टले आफूहरुलेृ गर्ने काम कर्तव्य पूरा गरेर संविधानले दिएको अधिकार प्रयोग गरी छानविन गरेर, बयान लिएर, प्रतिवेदन बनाएर बुझाएको बताउँदै भने, ‘अमेरिकामा पनि यस्तो केश अझै चलिरहेको छ । त्यस आधारमा पनि यो मुद्दा निष्प्रभावी हुन सक्दैन ।’ यो विषयमा सरकार र अब बन्ने संसदले सोच्नुपर्ने विषय रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्