Logo
Logo

ग्लोबल आइएमई बैंकको १२औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । ग्लोबल आइएमई बैंकको १२औँ वार्षिक साधारणसभा नक्साल व्याङ्केट काठमाडौँमा आज पुस २७ गते सम्पन्न भएको छ । उक्त सभाले आव २०७४/७५ को वितरणयोग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखारहित बैकिङ सेवा, विदेशमा ३ प्रतिनिधि–सम्र्पक कार्यालयमाफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैकिङ सेवा, मोबाइल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवाको साथमा मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोडन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्