Logo
Logo

तीन भाषामा मोदीलाई ओलीको शुभकामना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६९ औं वर्षमा लागेका छन् । जन्मदिनको अवसरमा उनलाई देशभित्र मात्र नभई विश्भरीबाट शुभकामना सन्देष व्यक्त भइरहेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीले तीन भाषामा शुभकामना दिएका छन् । नेपाली, अंग्रेजी र गुजराती भाषामा उनले शुभकामना दिएका हुन् ।


भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले मोदी विश्वमान्य राजनेता भन्दै प्रशंसा गरी शुभकामना दिएका छन् । मोदीको चाकडी गरेको भन्दै कतिपयले आचार्यको सामाजिक सञ्जाला आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्