
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडेका छन् । देउवा बुधबार बिहान सपरिवारसहित धुम्बाराहीस्थित भाडाको नयाँ घरमा सरेका हुन् ।
बुढानिलकण्ठस्थित आफ्नो घर पुनःनिर्माणको काम भइरहेकाले उनी केहि महिना भाडाको घरमा बस्नेछन् । १० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।














