काठमाडौं , १ असोज ।
नेपाल वायुसेवा निगमले ७० बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । निगमका सहप्रवक्ता सुलेख मिश्रले आन्तरिक उडानमा भाडा छुट दिने विषयमा निर्णय भएको जानकारी दिए ।

संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १ बर्षे कार्ययोजना सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने बताएका थिए ।
पर्यटन मन्त्रीको प्रस्ताव अनुसार नेपाल एयरलाइन्सले सो निर्णय गरेको हो । निजी एयरलाइन्सहरुले समेत यस विषयमा छलफल थालेका छन् । निश्चित मोडालिटी बनाएर यस्तो छुट दिन सकिने वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले बताएका छन् ।











