Logo
Logo

१३ लाख घुसकाण्डमा पाँच जनाविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज ।
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखा र सिन्धुपाल्चोकमा भएको घुसकाण्डको अख्तियारले अनुसन्धान पूरा गरी मुद्दा दायर गरेको छ । आयोगले पाँच जनाविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।
दोलखास्थित सिचाई डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले बिभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसंग घुस रकम लिई सरकारी गाडिमा काठमाण्डौ आउँदै गर्दा गत २ साउनमा भक्तपुरमा पक्राउ परेका थिए । उनको साथाछट १३ लाख ३८ हजार पाँच सय घुस बरामद भएको थियो ।


सोहि गाडिमा रहेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट एक लाख २९ हजारर एक सयउ पाँच बराद भएकोमा त्यो पनि घुस रकम नै भएको पुष्टि भएको छ । उनीहरुसँगै प्रकाश अधिकारी,रईन्जिनियर भोगेन्द्र साहलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले गैरकानूनी तरिकाले सरकारी कागज सच्याई, हेरफेर गरी, गलत लिखत तयार गरी नेपाल सरकारको सम्पत्ति हानी पुर्याउने बदनियतले हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र दफा १७ को कसुर गरेको देखिएको आयोगले जनाएको छ । नरोत्तम श्रेष्ठ सञ्चालक रहेको एभरेष्ट डिजाईनर्स लिग प्रा।लि।लाई भुक्तानी गरेको रु।२,९७,१९०।९ र गोमा श्रेष्ठ सञ्चालक रहेको अमन कन्सल्टेन्ट्स् प्रा।लि।लाई भुक्तानी गरेको रु।२,९६,०६०।९ गरी जम्मा रु। ५,९३,२५०।– ९पाँच लाख त्रियानब्बे हजार दुई सय पचास रुपैयाँ० बिगो कायम गरी सोही ऐनको दफा ९ र ११ बमोजिम सजायका साथै सोही ऐनको दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९ङ० बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त हानिनोक्सानी गरेको बिगो निज प्रतिवादीबाट असुलउपर हुनसमेत मागदावी लिइएको छ ।
एभरेष्ट डिजाईनर्स लिग प्रा।लि।का संचालक नरोत्तम श्रेष्ठले प्रकाश अधिकारीसंग मिलेमतो गरी नेपाल सरकारको सम्पत्ति बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी र्पुयाउने कार्य गरी उनी सञ्चालक रहेको कम्पनी एभरेष्ट डिजाईनर्स लिग प्रा।लि।ले रु।२,९७,१९०।– ९दुई लाख सन्तानब्बे हजार एक सय नब्बे रुपैयाँ० भुक्तानी लिएको देखिदा निज एभरेष्ट डिजाईनर्स लिग प्रा।लि।का संचालक नरोत्तम श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिमको कसुर गरेको देखिंदा निज नरोत्तम श्रेष्ठउपर विगो रु।२,९७,१९०।– ९दुई लाख सन्तानब्बे हजार एक सय नब्बे रुपैयाँ० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय गरी बिगो रकम निज प्रतिवादीबाट असुलउपर गरी जफत हुनसमेत मागदावी लिइएको आयोगले जनाएको छ ।

अमन कन्सल्टेन्टस् प्रा।लि।का संचालक गोमा श्रेष्ठले प्रकाश अधिकारी संग मिलेमतो गरी नेपाल सरकारको सम्पत्ति बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी र्पुयाउने कार्य गरी निज सञ्चालक रहेको कम्पनी अमन कन्सल्टेन्टस् प्रा।लि।ले रु।२,९६,०६०।९ ९दुई लाख छयानब्बे हजार साठी रुपैयाँ० भुक्तानी लिएको देखिदा अमन कन्सल्टेन्टस् प्रा।लि।का संचालक गोमा श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिमको कसुर गरेको देखिंदा निज गोमा श्रेष्ठउपर विगो रु।२,९६,०६०।– ९दुई लाख छयानब्बे हजार साठी रुपैयाँ० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय गरी बिगो रकम निज प्रतिवादीबाट असुल उपर गरी जफत हुन समेत मागदावी लिई मुद्दा दायर गरिएको छ ।
अमन कन्सल्टेन्टस् प्रा।लि।का प्रबन्ध संचालक प्रदिप श्रेष्ठले प्रकाश अधिकारी एवं गोमा श्रेष्ठ समेत संग मिलेमतो गरी नेपाल सरकारको सम्पत्ति बदनियत गरी हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग गरी प्राप्त भएको रकम अमन कन्सल्टेन्टस् को नाममा भुक्तानी लिनेरदिलाउने कार्यमा सहयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिमको कार्यमा मतियार हुने कसुर गरेको देखिएकाले निज अमन कन्सल्टेन्टस् प्रा।लि।का प्रबन्ध निर्देशक प्रदिप श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम विगो रु।२,९६,०६०।– ९दुई लाख छयानब्बे हजार साठी रुपैयाँ० कायम गरी भ्रष्टाचार निवारण ऐन२०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय हुन मागदावी लिइएको आयोगले जनाएको छ ।
एभरेष्ट डिजाईनर्स लिग प्रा।लि।का निर्देशक पे्रमलाल श्रेष्ठले प्रकाश अधिकारी एवं नरोत्तम श्रेष्ठ समेत संग मिलेमतो गरी नेपाल सरकारको सम्पत्ति बदनियत गरी हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग गरी प्राप्त भएको रकम एभरेष्ट डिजाईनर्स लिग प्रा।लि।का नाममा भुक्तानी लिनेरदिलाउने कार्यमा सहयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिमको कार्यमा मतियार हुने कसुर गरेको देखिएकाले निज एभरेष्ट डिजाईनर्स लिग प्रा।लि।का निर्देशक प्रेमलाल श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम बिगो रु।२,९७,१९०।– ९दुई लाख सन्तानब्बे हजार एक सय नब्बे रुपैयाँ० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्