Logo
Logo

सत्ता बाहिर पुगेपछि कांग्रेसमा आरोप-प्रत्यारोप


1.3k
Shares

काठमाडौं । ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट पहिलो दल बनेपनि नेपाली कांग्रेस प्रतिपक्षमा बस्न पुगेको छ । प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने अडानपछि कांग्रेस प्रतिपक्षमा बस्न पुगेको हो ।

सभापति शेरबहादुर देउवाको सत्ता मोहले पाँच दलीय सत्ता गठबन्धन तोड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग जोडिन पुगेका थिए । उनी एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनिसकेका छन् ।

यता अप्रत्यासित रुपमा सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद चर्किएको छ । संस्थापन इतरका नेताहरूले यस्तो परिस्थिति सिर्जना हुनुको सम्पूर्ण जिम्मेवारी देउवाले लिनुपर्ने बताउँदै आएका छन् ।

देउवासहितको सानो समूहको सत्तालिप्साका कारण पार्टीले संघदेखि प्रदेशसम्मका महत्वपूर्ण पद गुमाएको निष्कर्ष उनीहरूले निकालेका छन् ।

कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २२ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । उक्त बैठकमा संस्थापन इतरका नेताहरूले सत्ता गुमेको विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेका छन् ।

नेता शेखर कोइराला, रामचन्द्र पौडेल, गुरु घिमिरे लगायतले देउवाका कारण प्रतिपक्षमा बस्न पुगेको भन्दै तत्काल नीति अधिवेशन बोलाउनुपर्ने तर्क गरेका छन ।

कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पनि देउवाकै अडानका कारण सत्ता गठबन्धन कायम राख्न नसकेको आरोप लगाएका छन् ।

सार्वजनिक रूपमै देउवाको आलोचना गर्दै आएका उनीहरुले आफूहरूलाई वार्ता प्रक्रियामा सहभागी गराएको भए अहिलेको अवस्था नआउने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्