Logo
Logo

एकान्तकुना यातायात कार्यालयमा मन्त्री श्रेष्ठको छड्के


5.9k
Shares

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् ।

यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकापछि मन्त्री श्रेष्ठ आफै आकस्मिक अनुगमनमा निस्किएका हुन् ।

मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै र सेवाग्राहीहरुको गुनासा सुनेको उनका प्रमुख स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

गौतमका अनुसार मन्त्री श्रेष्ठले आजै अन्य यातायात कार्यालयमा पनि छड्के अनुगनम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्