Logo
Logo

अर्थमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न- एयरपोर्टले सरकारको निर्णय किन टेरेन ?


19k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विमानस्थलले सरकारको निर्देशन पालना नगरेकोप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पुस १५ गते विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशन कार्यान्वयन नभएपछि उनले मंगलबार अर्थमन्त्री विष्णु पौडेल र अर्थसचिव कृष्णहरि पुस्करलाई बालुवाटार बोलाएर विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्णय तत्काल कार्यान्वयन गराउन निर्देशन दिएका छन् ।

सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल सेट एयरपोर्टका कर्मचारीले जफत गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहानै अर्थमन्त्री पौडेल र अर्थसचिवलाई बोलाएर आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

सोमबार अमेरिकाबाट फर्केका झापाका दुधलाल नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्