Logo
Logo

माया र प्रेमले लिए सांसदको शपथ


2.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पुस ७ गते राखिएको प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा आज सांसदको शपथ लिएका हुन् ।

आले मातृशोकमा थिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्