Logo
Logo

नेपाल भ्रमण वर्ष २०२०को आधिकारिक वेवसाइट शुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २ असोज । नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वेवसाइट शुरु गरिएको छ । भ्रमण वर्ष सचिवालयले तयार पारेको वेवसाइटमा भ्रमण वर्षको तयारीका साथै पर्यटकीय प्रवद्र्धनका सम्पूर्ण सूचना तथा जानकारीहरु अपलोड तथा अपडेट गर्दै जाने बताइएको छ ।

बुधबार काठमाडौंका सोल्टी होटलमा एक कार्यक्रमका बीच वेवसाइटको औपचारिक शुरुवात गरिएको हो । भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यले वेवसाइट संचालनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा नेपालको प्रचारप्रसार द्रुतगतिमा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले यो वेवसाइटहरुबाट पर्यटन वर्षका तयारीका सम्पूर्ण क्रियाकलापहरु सार्वजानिक गर्न निर्देशन दिएको बताए । सचिवालयले यसअघि भ्रमण वर्षको आधिकारिक लोगो पनि सार्वजानिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्