Logo
Logo

सभामुखको निर्वाचन कहिले ?


1.1k
Shares

काठमाडौं । सरकारले पुस महिनाभित्रै सभामुखको निर्वाचन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो ।

प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ भने प्रधानमन्त्रीले त्यसको भोलिपल्ट २६ गते विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

सो समय आधार मान्दा १० माघसम्म सभामुख चयन गरिसक्नुपर्छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ । पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता र तेस्रो दिन निर्वाचन हुनेछ ।

सोही अनुसार सचिवालयले तयारी गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन २६ पुसमा सभामुख निर्वाचन सूचना जारी गर्ने संसद् सचिवालय तयार छ ।

सचिवालयका एक अधिकारीका अनुसार २८ पुसमा सभामुखका लागि उम्मेदवारी दर्ता र २९ पुसमा निर्वाचन गर्नेगरी तयारी अघि बढाइएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको गठबन्धन बन्दा प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालका लागि आधाआधा कार्यकाल सभामुख भागबण्डा गर्ने सहमति भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्