Logo
Logo

प्रधानमन्त्री र यूरोपेली संघका राजदूतबीच भेटबार्ता


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीबीच भेटबार्ता भएको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न आज (बुधबार) बिहान बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।

राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्