काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पक्षका नेताहरूलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् ।
सभापति देउवाले स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरूलाई बैठक बोलाउन जिम्मेवारी दिएका छन् ।

यो सँगै सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ । ‘धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले प्रदेश प्रदेशको छुट्टाछुट्टै बैठक गर्न निर्देशन दिनु भएको छ’, देउवा निकट एक नेताले भने ।
देउवा पक्षीय एक नेताका अनुसार समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरूले आफू अनुकूल समय मिलाएर सबै प्रदेशको बैठक बोलाउने उनले जानकारी दिए ।












