काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने २६ पुसभित्र निर्णय गर्ने बताएका छन् ।
बुधबार युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही २६ पुसमा विश्वासको मत लिँदैछन् । तर, त्यसबारे अहिले नै आफ्नो पार्टीले निर्णय नगर्ने अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यतिन्जेल सस्पेन्समै रहोस् । त्यही दिन थाहा हुन्छ ।’
अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको उनको भनाइ छ । अध्यक्ष नेपालले भने, ‘पोलिटिकल सिनारियो क्लियर हुनुप¥यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन । प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् ।’
कार्यक्रममा एकीकृत समाजवादीबाट निर्वाचिन सांसदहरुलाई सम्मान गरिएको थियो ।












