Logo
Logo

‘न्यूनतम साझा कार्यक्रमले जनमतको कदर गर्छ’


504
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् । उनले भने, ‘सरकारको न्यूनतम साझा कार्यक्रमले आम नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ र जनमतको कदर हुन्छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको र र शुक्रबार सार्वजनिक हुने सम्भावना रहेको बताए ।

जस्तो जनमत आएको छ, त्यस्तै सरकार बनेको बताउँदै उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो । न त एमालेले नै ।’ गृहमन्त्री लामिछानले विचार सिद्धान्तभन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा बनाएको बताए । उनले भने, ‘जसले नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यूनतम साझा कार्यक्रममा भष्टाचार नियन्त्रण गर्नुपर्ने, टाइम कार्डका आधारमा जनतालाई सेवा दिने, युवा स्वारोजगार, कृषकका लागि समयमा मल दिनुपर्ने लगायत विभिन्न नितिगत विषयहरु न्यूनतम साझा कार्यक्रममा समावेश गराएको बताए ।

अहिलेको सरकार आम नागरिकले दिएको मतअनुसार बनेको हुनाले न्यूनतम साझा कार्यक्रममा उनीहरुले खोजेका बिषय समावेश गरिने उल्लेख गरे ।

‘सरकारमा सहभागी राजनीतिक दलहरुको आस्था विचार सिद्धान्त आर्दश फरक छन् । कसैको विचार मिल्ला, कसैको नमिल्ला त्यो फरक पाटो हो’ उनले भने, ‘अहिलेको सरकार भनेको आम नागरिकका लागि सेवा दिनका निमित्त र ती न्यूनतम साझा कार्यक्रममा एकरुपता दिनका लागि कम्तिमा यति काम नागरिकका लागि दिन सकिन्छ भनेर सहकार्य गर्न सकिने भावना भएका कारण विचार सिद्धान्तभन्दा पर गएर न्यूनतम साझा कार्यक्रममा समावेश गगरिँदैछ, जसले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्छ । त्यस अर्थमा यसको महत्व छ ।’

प्रतिक्रिया दिनुहोस्