Logo
Logo

अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ


567
Shares

मकवानपुर । हेटौँडा उपमहानगरपालिका १७ सालक पार्कमा अमेरिकी डलर देखाएर ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल आज बिहीवार पत्रकार सम्मेलन गर्दै सार्वजनिकसमेत गरेको छ ।

हिजो बुधवार दिउँसो अमेरिकी डलर देखाइ ठगी गर्ने चार जनालाई पक्राउ गरिएको र अर्का एक जना भने फरार रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ बस्ने २१ वर्षीय सोमबहादुर डुम्जन, ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय शेरबहादुर तामाङ, त्रिपुरा गाउँपालिका ३ बस्ने २८ वर्षीय देवा डुम्जुन रहेका छन् । प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई सालक पार्कबाट पक्राउ गरेको थियो ।

अवैध अमेरिकी डलर देखाइ ठगी गर्ने मानिसहरू भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको थियो ।

प्रहरीले तीन वटा मोटरसाइकल, एक हजार सात सय ४१ अमेरिकी डलर र छ हजार दुई सय १० नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।

यसैगरी उनीहरूको साथबाट कागजको नक्कली नोट आठ बन्डल, गुलेली तीन थान, मट्याङग्रा ९साना ढुङ्गा०, मोबाइल पाँच थान र मोटरसाइकलको बिलबुक दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्