Logo
Logo

समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थीले दिए प्रधानमन्त्रीलाई बधाई


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

शुक्रबार बिहान एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेताहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । साथै उनले यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारेका थिए ।

सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको कुलपति छन् ।

अनेरास्ववियुका अध्यक्ष पराजुलीका अनुसार सो अवसरमा वाम एकतालगायत समसामयिक राजनीतिक विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्