Logo
Logo

अमेरिकी राजदूतले भेटे उपप्रधानमन्त्री श्रेष्ठ


378
Shares

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

साथै भेटमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ । एक साताअघि राजदूत थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्