Logo
Logo

राससको सुधार र विकासका लागि सहयोग गर्न सरकार तयार छ : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समिति (रासस)को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले रासस राज्यको समाचार समिति भएकाले यसको विकास र सुधारका लागि सरकार तयार रहेको बताए । उनले भने, ‘राससले पछिल्ला दिनमा राम्रो काम गरिरहेको जानकारी पाएको छु, सुधार र विकासका लागि सहयोग गर्न सरकार तयार छ ।’

यसअघि अध्यक्ष झाले प्रधानमन्त्री दाहाललाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै राज्यको महत्वपूर्ण सञ्चारमाध्यम भएकाले सरकारको नीति निर्देशन अनुरुप अघि बढिरहेको बताए ।

उनले भने, ‘राससको विकास र विस्तारका लागि सरकारबाट हुने जुनसुकै आवश्यक निर्देशन कार्यान्वयनमा हामी तयार छौँ ।’ टोलीमा प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्