काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

शनिबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका हुन् ।
बैठकमा संसदीय प्रक्रिया र मर्यादाका विषयमा प्रमुख सचेतक रमेश लेखकले बोलेका थिए । अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने बताइएको छ । उक्त बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।













