
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्ड, नेपाल र यादवबीच छलफल भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिँदैछन् ।
नेपाल र यादवलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागि हुन पनि आग्रह गरेको बताइएको छ । वाम एकताका लागि पहल भइरहँदा शीर्ष नेताहरुबीचको यो छलफलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।












