
काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘एटीआर–७२’ जहाजमा ३ शिशुसहित ६ बालबालिका रहेको खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे पाेखराका लागि गएकाे नाइन एन– एएनसी जहाजमा ६२ जना वयस्क सवार रहेको खुलेको हो ।
त्यस्तै जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । उक्त जहाज क्याप्टेन कमल केसीले उडाएका थिए भने अन्जु खतिवडा कोपाइलट थिए ।
जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन ।











