Logo
Logo

पोखरामा विमान दुर्घटना : १६ जनाको शव भेटियो, उद्दार जारी


1.1k
Shares

काठमाडौं । पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिलेसम्म १६ जनाको शव भेटिएको हो ।

विमानमा ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार थिए । जहाज काठमाडौंबाट आइतबार बिहान ११ बजेर ३३ मिनेटमा पोखराका लागि उडेका थिए ।

अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने प्रवक्ता बर्तौलाले बताएका छन् ।
उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

प्रतिक्रिया दिनुहोस्