Logo
Logo

पोखरा विमान दुर्घटना अपडेट : ३० जनाको शव भेटियो


1.3k
Shares

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान विमानस्थल पुग्न २ किलोमिटर बांकी रहदा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट विहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। अहिले सुरक्षाकर्मी र स्थानिय बासिद्वार उद्धार जारी रहेको उनले जानकारी दिए ।

पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन् । जहाजमा आगो लागेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।

प्रतिक्रिया दिनुहोस्