Logo
Logo

भरतमोहनको स्वास्थ्यमा सुधार हुँदै



काठमाडौं, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार भएको छ ।
गएको सोमबार अचानक छातीमा समस्या देखिएपछि मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार नर्मल बेडमा सारिएको छ ।
‘स्वास्थ्यमा धेरै समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो, परीक्षणका क्रममा छातीमा समस्या देखिएकाले चिकित्सकको सुझावअनुसार चार दिन आइसीयूमा उपचार भएको उनका स्वकीय सचिव महेश बिष्टले नयाँ पत्रिकासँग भनेका छन् ।
लामो समयदेखि दम र प्रेसरका साथै पिसाबमा समस्या देखिएका अधिकारी ललितपुरस्थित निवासमै आराम गर्दै आएका थिए । अहिले चिकित्सक राजेन्द्रप्रसाद रिजाल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्