Logo
Logo

मधेसका मुख्यमन्त्रीलाई सतप्रतिशत विश्वास



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्री यादवलाई प्रदेश सभाका सबै सदस्यले विश्वासको मत दिएका छन् ।

बुधबार प्रदेश सभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा १०२ सांसद उपस्थित थिए । उपस्थित १०२ जना सांसदले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिएका हुन् ।

संघीय सरकार गठनका लागि केन्द्रमा बनेको सत्ता समीकरणअनुसार जसपा नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीमा दाबी पेस गर्दा उनलाई जसपासहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टीले समर्थन गरेका थिए ।

उनले नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका थिए । ।

प्रतिक्रिया दिनुहोस्