Logo
Logo

महराका कारण रोशनीको ‘डिभोर्स’ ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असोज ।
महरा प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग शाहीले आफूहरु राजीखुसीका साथ अगल अलग बस्ने निर्णय गरेको कुरा फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले लेखेका छन् ‘प्रीय जनहरु थुप्रै उताडचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसी साथ अगल अगल बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ।’

चित्रजंग सरकारी कर्मचारी नै हुन् । उनी पनि महरा निकट हुन् । महरा र रोशनीबीचको सम्बन्ध थाहा पाएपछि उनी तनावमा थिए । त्यही कारण डिभोर्सको प्रक्रिया उनले सुरु गरेका हुन् । सोही प्रकरणमा महराले पद गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्