Logo
Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांस पारित



काठमाडौं, २९ पुस ।
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांस दिने निर्णय गरेको छ । आइतबारको साधरणसभाले २२ प्रतिशत नगद लाभांस र १८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।


बंैंकको ३२ औं साधरणसभाले संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको पेश गरेको प्रतिवेदन पारित गर्नुका साथै वित्तिय विवरण स्वीकृत गरेको हो ।
बैंकले दिएको ४० प्रतिशत लाभांस बैंकिङ क्षेत्रमा सर्वाधिक हो । गत आर्थिक वर्षमा बैंकले तीन अर्ब ६५ करोड मुनाफा आर्जन गरेको थियो ।
अब बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा तथा कोषको रकम नौ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
मुनाफा र सेवाका दृष्टिकोणले इन्भेष्टमेन्ट बैंक अग्रणी स्थानमा रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्