Logo
Logo

मोरङका एसपी भए उत्कृष्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।
७७ जिल्लाका प्रहरी इन्चार्जहरुमध्ये यो वर्ष मोरङका तत्कालिन एसपी मनोज केसी उत्कृष्ट भएका छन् । प्रहरी प्रधान कार्यालयले गरेको अन्तरजिल्ला कार्यदक्षता मूल्याङकनमा केसी उत्कृष्ट भएका हुन् ।

ठूला अपराधको सफल अनुसन्धान गरी जनताको मन जित्ने गरी पुलिसिङ गरेकोमा उनी पुरस्कृत भएका हुन् । मोरङमा एक वर्षको कार्यकालमा उनले उत्कृष्ट काम गरेका थिए । ६४ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट उनी पुरस्कृत भएका छन् । प्रशसापत्र र नगद पुरस्कार उनलाई प्रधानमन्त्रीले हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्