Logo
Logo

प्रहरीले पार्टी र अनुहार हेरेर अनुसन्धान गर्नु हुँदैनः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान गर्दा पार्टी, पद र अनुहार जस्ता विषय हेर्न नहुने ताएका छन् । कानून हेरेर अनुसन्धान गर्नुपर्ने उनको भनाई छ ।
६४औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको दबाबमा नपरि निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराएका हुन्। उनले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारमा सहभागी सत्तापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने जिकिर गरे।

sf7df8f}F, @$ c;f]h -/f;;_M
k|d cf]nLaf6 k|x/L lbj; ;Daf]wg
k|wfgdGqL s]kL zdf{ cf]nL sf7df8f}Fdf z’qmaf/ ^$cf}F g]kfn k|x/L lbj;sf cj;/df cfof]lht sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M k|bLk/fh jGt

 

’म सरकारको तर्फबाट भन्न चाहन्छु, कुन पार्टी सरकारमा छ, यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन। कसले अपराध गर्यो त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन। को पक्षमा छ, को विपक्षमा छ, त्यो प्रहरीले मतलब राख्नु हुँदैन। को किन पदमा छ, कुन ओहोदामा छ, के हैसियतको मान्छे हो, कति सम्पत्तिवान मान्छे हो, यस्ता कुराहरुको प्रहरीलाई मतलब हुनुहुँदैन,’ उनले भने, ’कानुनको पालना, काार्यन्वयन र अनुहार नहेरीकन निश्पक्ष छानबिन गर्नुपर्छ। कसैको दबाब मान्न हुँदैन।’

प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निश्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने धारणा राखे। अपराधको राजनितिकरण गर्ने अनि राजनितिलाई अपराधीकरण गरी निश्पक्ष अनुसन्धान गर्न व्यवधान सृजना गरी प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिबाट प्रहरी सधैँ सजग हुनुपर्नेमा जोड दिए।

उनले प्रहरी दिवस भव्य र उल्लासपूर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवस छुट्टाछुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरे। उनले दुवै दिवस एकै दिन मनाउँदा ‘बधाई दिने कि समवेदना दिने’ भन्ने अप्ठ्यारो स्थिति सृजना भएको उल्लेख गरे।
कार्यक्रममा उनले लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउने पूर्व एआईजी यादब अधिकारी तथा अन्तरजिल्ला कार्यदक्षता मूल्याङकनमा उत्कृष्ट हुने एपी मनोज केसीलाई पुरस्कार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्