Logo
Logo

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच विमानस्थलमै भेटवार्ता हुने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ असोज ।
नेपाल भ्रमणका आएका चिनियाँ राष्ट्रपति सि जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै भेटवार्ता हुने भएको छ । एयर चाइनाको विमानमार्फत सि पौने पाँच बजे काठमाडौं आइपुगेका हुन् ।


उनलाई विमानस्थलमै गार्ड अफ अनर दिन लागिएको छ । गार्ड अफ अनरपछि राष्ट्रपति सीसँग प्रधानमन्त्रीको भेटवार्ताको कार्यक्रम छ । त्यसपछि उनी सोल्टी होटल जानेछन् । साँझ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास जाने छन् ।
साँझ सोल्टी होटलमै उनलाई राष्ट्रपतिले रात्रीभोज दिने कार्यक्रम छ । उनले पूर्व प्रधानमन्त्रीहरुसँग होटलमै भेटवार्ता गर्ने छन् । भ्रमणको क्रममा दुई देशबीच एक दर्जन समझमदारीमा हस्ताक्षर हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्