Logo
Logo

राष्ट्रपतिसँगै को को आए चीनबाट ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असोज ।
चिनियाँ राष्ट्रपतिसँगै चीनबाट अन्य उच्च अधिकारीहरु समेत नेपाल आएका छन् ।

विदेशमन्त्री वाङ् यी, चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर, पूर्व विदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनस्टर इन्चार्ज हे लिफेङ भ्रमण दलका उच्च अधिकारीहरु हुन् ।
दुई दिने राजकिय भ्रमणमा आएका सी सोल्टी होटल पुगेका छन् । त्यहाँबाट समकक्षी बिद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्