Logo
Logo

चिनियाँ राष्ट्रपतिको रात्रीभोजमा क–कसलाई छ निम्तो ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असोज ।
दुई दिने राजकिय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले शनिबार बेलुका सोल्टी होटलमा रात्रीभोज दिने कार्यक्रम छ । भोजमा सिमित व्यक्तिलाई मात्र बोलाइएको छ ।


रात्रिभोजका लागि २ सय ५ जनालाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । भोजमा मन्त्रीहरुबाहेक
उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, संवैधानिक अंगका प्रमुखहरु, प्रधानन्यायधीश, मुख्य सचिव, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरु बोलाइएको छ । त्यस्तै नेकपाका सचिवालय तहका नेतालाई मात्र बोलाइएको छ ।
सिको लागि सोल्टी होटल तीन दिनका लागि बुक गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्