Logo
Logo

निजामती ऐन अन्तिम चरणमा, आज मन्त्रिपरिषद्मा छलफल हुँदै



काठमाडौं, २९ पुस ।
कर्मचारीमा सर्वाधिक चासोको विषय बनिरहेको संघीय निजामती सेवा ऐन सम्भवतः आज मन्त्रिपरिषद्ले पारित गर्ने भएको छ ।


विभिन्न मन्त्रालयका सचिवबीच शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अबेरसम्म चलेको दफावार छलफलसँगै बाँकी रहेका विषयहरूलाई आज टुङ्गोमा लगाएर आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने र आजै परामर्शका लागि लोक सेवा आयोग पठाउने तयारी रहेको स्रोत बताउँछ ।

प्रत्येक दफा दफामा छलफल हुने तथा उल्लिखित प्रावधानका फाइदा र बेफाइदाहरुबारेसमेत विश्लेषण गरेर अन्तिम रूप दिनुपर्ने भएकोले छलफलका लागि नै समय लागेको उनले बताए । शनिवारको छलफलमा कानुन, गृह, अर्थ, सामान्य प्रशासन, स्वास्थ्य, प्रधानमन्त्री कार्यालयलगायत मन्त्रायका सचिवहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्