Logo
Logo

साफ च्याम्पियनसिप : भारतमाथि सानदार जित निकाल्दै नेपाल फाइनलमा


2.4k
Shares

काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

नेपाललाई जित दिलाउनको लागि अन्जली चन्द, कप्तान प्रिति राई र अमिसा कार्कीले समान एक–एक गोल गरे । भारतको लागि अपुर्व नाजारीले गरेको गोल सान्त्वना गोल बन्यो ।

खेलको २१औं मिनेटमा नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा अन्जालीले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काए । ६८औं मिनेटमा कप्तान प्रितीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । ८९औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई सानदार जित दिलाए ।

यो जितसँगै नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्दै फाइनलमा प्रवेश गरेको छ । भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो ।

हारसँगै भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई पराजित गर्नुपर्नेछ । तर यसअघिका दुई खेल हार्दै बाहिरिसकेको भुटानले बंगलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्