Logo
Logo

नेपाली क्रिकेटलाई विश्वमा चिनाएका पारस खड्काद्वारा कप्तानबाट राजीनामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असोज ।
नेपाली क्रिकेटलाई विश्वकपसम्म पुर्याएर देशको छवी माथि उठाएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानाट राजिनामा दिएका छन् ।


मंगलबार नेपाली क्रिकेट टिमका मिडिया व्यवस्थापक सुरज शाक्यले पारसको जारी गरेको विज्ञप्ति पठाउँदै सो कुरा जानकारी गराएका हुन्। ट्विटमार्फत पनि पारसले यससम्बन्धि जानकारी दिएका छन् ।
पारस नेपालका सबैभन्दा सफल क्रिकेटर हुन् । नेपाली क्रिकेटका धेरै वटा रेकर्डहरु उनको नाममा छन् । उनकै कप्तानीमा नेपालले टि– २० विश्वकप खेलेको थियो ।
उनको राजिनामापनि नयाँ कप्तानको खोजी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्