काठमाडौं, २९ असोज ।
नेकपा सचिवालय बैठकले पार्टी संगठन विभागमा ३ जना सदस्य थप गर्ने निर्णय गरेको छ। थप हुने सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी छन्। ३ जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय भएको छ। यद्यपी विभागले पूर्णता भनेको पाएको छैन।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १० कात्तिकभित्र उप निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न समेत निर्देशन दिने निर्णय गरेको छ ।












