Logo
Logo

इंग्लिस प्रिमियर लिग : रासफर्ड र गर्नाचोको गोलमा म्यानचेस्टरको जित


441
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पारेको छ । मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोको गोलमा युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो ।

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफको अन्तिम समय कुर्नुपरेको थियो । एलान्ड रोड लिड्समा आइतबार राति भएको खेलमा घरेलु टोलीले बलियो युनाइटेडलाई ८०औं मिनेटसम्म बराबरीमा रोक्न सफल भएपनि त्यसपछि रोक्न सकेन ।

८०औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए । ८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

६१औं मिनेटमा जेडान सान्चोको स्थानमा मैदान छिरेका १८ वर्षीय युवा विंगर गर्नाचोले वोउट वेगह्रस्टको पासमा गोल गर्न सफल भएका थिए । यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ ।

युनाइटेडले एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग २ अंकले तथा दुई खेल कम खेलेको आर्सनलसँग ५ अंकले पछि छ । पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्