Logo
Logo

आज भारतविरुद्ध भिड्दै नेपाली महिला टिम


567
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। ओलम्पिक छनोटको तयारी गरिरहेको भारतले नेपालसँग दुई मैत्रीपूर्ण खेल्न खेल लागेको हो।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपालले आज भारतविरुद्ध चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजे खेल्नेछ । एन्जिला नेपाली टिमको पहिलो रोजाईकी गोलकिपर हुन्।

नेपाल र भारत पछिल्लोपटक काठमाडौंमै आयोजना भएको महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । गत भदौमा दशरथ रंगशालामा सम्पन्न साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो ।

त्यसपछि नेपाल र भारत पहिलोपटक भिड्न लागेका हुन् । ओलम्पिक छनोटको तयारी गरिरहेको भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो ।

मैत्रिपूर्ण खेल खेल्ने नेपाली टोली –

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ ।

रक्षापक्तिः हिराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे ।

मिडफिल्डः विमला चौधरी, सविता रानामगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी ।

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, निर्मला विक ।

प्रतिक्रिया दिनुहोस्