Logo
Logo

स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ, सन्दीपले लिए तेस्रो विकेट


1k
Shares

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २५ ओभरमा ६ विकेट गुमाउँदै १ सय १३ रन बनाएको छ । नेपालका सन्दीप लामिछानेले ७ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका छन् ।

कुशल मल्लले ६ ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिएका छन् । सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिएपछि स्कटल्याण्ड थप दवावमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्