Logo
Logo

‘डिहाइड्रेशन’बाट कसरी बच्ने ? यस्ता छन् घरेलु उपाय



काठमाडौं । हामीमध्ये धेरै जना निकै तिर्खा लाग्दा मात्र पानी पिउँने गर्दछौं । यसले गर्दा शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेशन हुने गर्दछ ।

डिहाइड्रेशनका कारण छाला तथा स्वास्थ्यसँग जोडिएका विभिन्न खाले समस्या उत्पन्न सक्छ । तर, यसबारे आम जनतालाई पर्याप्त जानकारी नहुँदा विश्वका आधाभन्दा बढी मानिस अञ्जानमै डिहाइडे्रशनका कारण विभिन्न रोगको सिकार हुने गर्छन् ।

पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या हुन्छन् । दैनिक रुपमा व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्ने गर्छ । यस्ता मानिसका लागि पानीको कमी रहनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपछ । दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट बँच्न सकिन्छ ।

कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडा जस्ता पेयपदार्थ पिउँने गर्छन । तरल पदार्थ भएपनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छ ।

यी चिज पिउँदा पनि डिहाइड्रेशन हुने सम्भावना हुन्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्न सक्ने क्षमतामा कमी हुनुकै साथै शरिरमा रक्तसन्चार समेत कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई ‘डिहाइड्रेशन’ हुन सक्ने सम्भावना बढी रहन्छ ।
यस्तो अवस्थामा डिहाइड्रेशन हुन नदिन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

डिहाइड्रेशन हुँदा के गर्ने ?

डिहाइड्रेशन हुँदा बान्ता हुने, जिब्रो सुक्ने, श्वास लिन गाह्रो हुने, चिडचिडाहट हुनेजस्ता समस्या हुन्छ । यदि यस्तो समस्या हुन्छ भने पानीमा अलिकता नुन र चिनी मिसाएर तत्काल पिउनुपर्छ ।

कुनै पनि व्यायाम गर्नुपूर्व एउटा केरा जरुर खानुहोस् । यसले तपाईंको शरीरलाई डिहाइड्रेशनबाट बच्नका लागि मद्दत गर्छ ।
बटर दुध एउटा प्राकृतिक प्रोबायोटिक हो । यो पोटाशियम तथा म्याग्नेशियम जस्ता खनिजले भरिपूर्ण हुन्छ जसले तपाईंलाई हाइड्रेट राख्न मद्दत गर्छ ।

डिहाइड्रेशनबाट बच्नका लागि तपाईं आफ्नो खानपानमा कम्तीमा एकपटक सुप पिउन सक्नुहुन्छ । गर्मीमा नरिवलको पानीले राम्रो फाइदा गर्छ । नरिवल पानीमा सोडियम तथा पोटाशियम अधिक मात्रामा पाइन्छ । जसले शरीरलाई हाइड्रेट बनाइराख्छ ।

सुन्तलामा शरीरको इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर डिहाइड्रेशन भगाउने क्षमता हुन्छ । विभिन्न फलफूल तथा तरकारीलाई पनि पानीका विकल्प रुपमा प्रयोग गर्न सकिन्छ ।

काँक्रोमा शरीरका लागि भिटामिन र खनिज पदार्थ पाउनुकै साथै पानीको मात्रा पनि अधिक हुन्छ । यसमा ९६ प्रतिशतभन्दा बढी पानी हुन्छ । जसको उपयोगले शरीर हाइड्रेट रहन्छ । गोलभेंडामा पनि पानीको मात्रा धेरै हुन्छ । यसमा भिटामिन सी र आइरन हुन्छ, जसले रोग प्रतिरोधि क्षमता बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्