Logo
Logo

प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको निधन


630
Shares

काठमाडौं । प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५औँ वर्षको उमेरमा निधन भएको छ ।

दम रोगबाट पीडित ताल्चाभँडेलको आफ्नै निवास कालिमाटीमा आज निधन भएको उनका भाइ नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता राजेन्द्रमान ताल्चाँडेलले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र चार छोरी छन् ।

विसं २०१३ सालमा भएको भद्र अवज्ञा आन्दोलनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका ताल्चाभँडेलले विसं २०१८ पछि राष्ट्रिय समाचार समिति (रासस)को सिन्धुपाल्चोक समाचारदाता भएर पनि काम गरेका थिए ।

जिल्लाकै पहिलो पत्रकारका रुपमा काम गरेका ताल्चाभँडेललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुपाल्चोक र नेपाल प्रेस युनियन जिल्ला शाखाले पनि सम्मान गरेका थिए ।

विसं २०२५ पछि पूर्णरुपमा राजनीतिमै सक्रिय भए । उनी, विसं २०४३ मा प्रजातान्त्रिक समूहका तर्फबाट सिन्धुपाल्चोकको तत्कालीन नवलपुर गाउँ पञ्चायतको प्रधानपञ्च भएर काम गरेका थिए ।

ताल्चाभँडेलले विसं २०४९ र २०५४ मा पनि नवलपुर गाउँ विकास समितिको भएर काम गरेका थिए । ताल्चाभँडेल पछिल्लो समय नेपाल प्रजातन्त्र सेनानी सङ्घमा क्रियाशील थिए ।

प्रतिक्रिया दिनुहोस्