Logo
Logo

‘स्क्याच एण्ड विन प्रमोशन’मार्फत थकुल्लाले पाए ३२ इन्चको टिभी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ कातिक । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यास पोइन्ट र लुलु एक्चेन्ज मलेशियाको संयुक्त पहलमा सुरु भएको ‘स्क्याच एण्ड विन प्रमोशन’ मार्फत नरेश थकुल्लाले ३२ इन्चको टिभी उपहार जितेका छन् ।
यो कार्यक्रममा १० अगस्टदेखि सुरु भएको थियो । यो प्रमोसन केबल एनएस क्यासपोइन्टमार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागु हुनेछ जसमा पैसा पठाएबापत कुपन प्रदान गरिने छ । सो कुपनमार्फत ग्राहकहरुले ब्याग, वालेट किरिङ, कार्ड होल्डर, मोबाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।
उपहार विजेता नरेशले एनएस क्यास पोइन्टको पोर्टक्लाङ ब्रान्चबाट सिटी एक्सप्रेसमा रकम पठाएका थिए । यस्तै बिभिन्न उपहारहरु जित्नका लागि क्यास पोइन्टको शाखामार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्षदेखि बिश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्