
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज (सोमबार) सुर्खेत जाने भएका छन् ।
नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सुर्खेत जान लागेका हुन् । नेपालले आज सुर्खेतमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडूवालले बताएका छन् ।














