
सप्तरी । कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जोखिमा नरहेको बताएका छन् ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री पच्रण्डले पुनः विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका हुन् ।
नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए ।
९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ ।











