Logo
Logo

माधव नेपाल र एमाले नेताबीच भेटवार्ता


2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एमालेका नेताहरुले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

बिहिबार बिहान एमाले नेताहरु अध्यक्ष नेपाललाई भेट्न एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्