Logo
Logo

ओली सरकारको महत्वपूर्ण सफलताः व्यवसायको वातावरण उल्लेख्य सुधार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ कात्तिक ।
आचोचना खेपिरहेको सरकारले एउटा महत्वपूर्ण सफलता पाएको छ । देशमा व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको विश्व बैंकले जनाएको छ ।
व्यवसाय गर्न सजिलो अथवा अप्ठ्यारो अवस्था बुझाउने डुइङ बिजनेश प्रतिवेदनमा नेपालले उत्साहजनक सुधार गरेको हो । विश्व बैंकले प्रकाशन गर्ने सन् २०२० को प्रतिवेदनमा नेपालले ९४ औं स्थानमा परेको छ । यसअघि एक सय १० औं स्थानमा थियो । यो पटक नेपालले १६ स्थान सुधार गरको छ ।


विश्वका १९० देशहरुमा व्यवसायजन्य नियम कानूनहरूको अवस्थाम अध्ययन गरेर हरेक वर्ष डुइङ बिजनेस प्रतिवेदन प्रकाशन गर्ने गरिन्छ ।
प्रतिवेदनमा विभिन्न १० सूचक र त्यसभित्र पनि अनेकन उपसूचक का आधारमा व्यवसाय गर्ने वातावरण कस्तो छ भनेर तुलना गर्ने गरिन्छ । प्रतिवेदनका अनुसार नेपालले गत वर्षको तुलनामा निर्माणको अनुमति लिने, ऋण लिने, विदेशमा व्यापार गर्ने तथा करार कार्यन्वयन गर्ने प्रक्रियाहरुमा सुधार गरेको छ ।

व्यवसाय सुरु गर्ने र सम्पत्तिको दर्ता गर्ने प्रक्रिया अझै खराब भएको प्रतिवेदनले उल्लेख गरेको छ । बिजुली जोडने, अल्पसंख्याक लगानीकर्ताको संरक्षण गर्ने, कर तिर्ने र टाट पल्टेको समस्या समाधान गर्ने सम्बन्धी व्यवस्था मा भने कुनै परिवर्तन नभएको प्रतिवेदनले उल्लेख गरेको छ ।
यसलाई केपी ओली सरकारको महत्वपूर्ण सफलताका रुपमा लिइएको छ । यसबाट देशमा विदेशी लगानी समेत बढ्दो अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्